हाम्रो बारे
कृषिमा वित्तिय पहुँच विस्तारकोलागि हाम्रो प्रयास, नेपाल सरकारको नीतिगत व्यवस्थाका कारण कृषि कर्जामा लगानी बढ्दै गएको देखिएता पनि अझै पनि कृषि क्षेत्रमा संलग्न रहेका वास्तविक कृषकहरुले सहज र सुलभ रुपमा कृषि कर्जा पाउन नसकेको गुनासो आई नै रहेकोछ । आर एण्ड डी इनोभेटिभ सोलुसनले विगत केही वर्षदेखि कृषकलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउने हेतुले संचालन गरेको कृषकसंगको बित्तिय संवादमा समेत अधिकांश कृषकले कृषि कर्जा प्राप्त गर्ने सन्दर्भमा विभिन्न कागजी र प्रक्रियागत झंझट बेहोर्नु परेको गुनासोहरु आउने गरेका छन् । हालै आयोजना भएको कृषि कर्जा मेलामा पनि विभिन्न सरोकारवालाहरुसँगको छलफलमा कृषकहरुले भोग्ने मुख्य समस्या भनेको कर्जाका लागि कागजको व्यवस्थापन र तयारी गर्न नसक्नु नै प्रमुख समस्याको रुपमा आएकोले कर्जाको आवेदनका लागि आवश्यक कागजातहरुको व्यवस्थापन गरी बैँक समक्ष सिधा बुझाउन मिल्ने गरि यो साईटको शुरुवात गरिएको छ । विगत एक दशक भन्दा अगाडी देखि कृषि र कृषि उद्यमीलाई सबलिकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आएको आर एण्ड डी इनोभेटिभ सोलुसनले यसको व्यवस्थापन सम्हालेको छ ।
यो हाम्रो प्रसाय कृषि क्षेत्रका सबै सरोकारवालाहरुको सहभागिता बेगर सफल हुन सक्दैन । तसर्थ यो अभियानलाई साझा प्रयासको रुपमा अगाडी बढाउन अुनरोध गर्दछौ ।